११ श्रावण २०८१, शनिबार

Tag: गैडाकाेट

भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

भृकुटी लगायत नेपाली उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
गैडाकाेट । नवलपुर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला “कंचन”ले “देशको भृकुटी कागज कारखाना सहित अन्य नेपाली  उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने” उदघाेष गरेका छन । शनिबार साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय समितिकाे जनसंघर्ष परिचालन समितिले नवलपुरकाे गैडाकाेटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नवलपुरकाे गैडाकाेटमा पुगेका बास्ताेलाले उक्त कुरा व्यक्त गरेका  थियोे । साथै उनले“विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भयो,देशका नेताहरू विदेशी डाँकाहरुकाे दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो,याे व्यवस्था संचालन गर्ने दलाल नाेक्करशाहि मालिकहरुकाे दिमागमा दलाल भएकै कारण यस्तो भएको”  “अब य...