११ श्रावण २०८१, शनिबार

Tag: क्रिकेट खेलाडी

नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

नेपालले भारत बिरुद्ध शान्दार ब्याटिङ

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।...
क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। बुधबार बसेकाे मन्त्री परिषद्को बैठकले  कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको हाे ।...