२१ असार २०८२, शनिबार

Tag: कर्मचारी

सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन नबनाउँदा स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रियका छन                      

सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन नबनाउँदा स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रियका छन                      

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
धनगढी: सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरू अहिले धनगढीकाे मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै आन्दोलनमा उत्रिएका छन ।    नेपालको संविधानको  धारा २२७ अनुसार स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन प्रदेश सरकारले निर्माण गर्ने व्यवस्था रहेको छ। सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशबाहेक अन्य ६वटै प्रदेशमा ऐन जारी भई कार्यान्वयनमा आइसक्दा पनि सुदूरपश्चिमा ऐन पारित नहुँदा कर्मचारीहरूको सेवा स्थायित्व, वृद्धि विकास ,पदपुर्ती  तथा अवकाश पछिको सुविधा जस्ता विषयमा अन्योल सिर्जना भएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन्। कर्मचारीहरूले नागरिकको सबैभन्दा नजिक रहेको सरकारको रूपमा स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन ल्याउन नसक्दा कर्मचारीहरूलाई मर्का परेको बताएका छन्। नेपालको संविधान २०७२ बमोजिम स्थानी...
राष्ट्रिय सतर्कता केन्द्र द्वारा ९ हजार ५९० कर्मचारीलाई कार्वाहीकाे सिफारिस

राष्ट्रिय सतर्कता केन्द्र द्वारा ९ हजार ५९० कर्मचारीलाई कार्वाहीकाे सिफारिस

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण पेस नगर्ने ९ हजार ५९० पदाधिकारी एवं कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्ने भए पनि अटेरी गर्ने जनप्रतिनिधि, पदाधिकारी, निजामती कर्मचारी, शिक्षक र प्रहरीसँग जनही पाँच हजार जरिवाना असुल गर्न सतर्कताले सोमबार अख्तियारलाई सिफारिस गरेको थियाे । सतर्कताका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा कुल सात लाख २८ हजार ७४७ ले सम्पत्ति विवरण बुझाउनुपर्नेमा सात लाख १९ हजार १५७ (९८.६८ प्रतिशत)ले मात्र सम्पत्ति विवरण बुझाएका हुन्। नौ हजार ५९० अर्थात् १.३२ प्रतिशतले भने विवरण नबुझाएको सतर्कताले जनाएको छ। संघीय तहमा चार लाख ५९ हजार २२८ मध्ये ९८.५५ प्रतिशत, प्रदेश तहमा १५ हजार ७७८ मध्ये ९३.६१ प्रतिशत र स्थानीय तहमा २ लाख ५३ हजार ७३४ मध्ये ...