२० असार २०८२, शुक्रबार

Tag: एसइई

एसइई रिजल्ट सार्वजनिक, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड

एसइई रिजल्ट सार्वजनिक, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गरेका छन् । शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र मार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड ...
२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :२०८१ सालमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब केही समयपछि सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । परिक्षा नियन्त्रक भट्टका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । नतिजा कहाँ हेर्ने:...
एसइई आजदेखि सुरु,५ लाख १४ हजार ७१ जना विद्यार्थीले परिक्षा दिदैछन्

एसइई आजदेखि सुरु,५ लाख १४ हजार ७१ जना विद्यार्थीले परिक्षा दिदैछन्

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ।यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ। गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ। परीक्षामा ७५ जनाभन्दा ...
अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : २०८० सालमा एसइईमा ३५ प्रतिशत अङ्क ल्यायमा मात्र बिद्यार्थीहरुले उच्च शिक्षा  पढ्न पाउने छन ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्। नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। बोर्डका अध्यक्ष डा. शर्माले भने,‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ)प्रणाली लागू हुँदैछ। यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बतायका हुन।  ...
जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । माद्यामिक शिक्षा परीक्षा (एसईई ) मा जाजरकोट बाट चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माद्यामिक विद्यालयका चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २२३ जना छात्र छन् भने २ हजार ३ सय ३० जना छात्रा रहेका छन् । प्राविधिक धारतर्फ २४ छात्र र ३५ छात्रा गरी जम्मा ५९ जना एसइइमा सहभागी हुनेछन् । यस्तै ग्रेडवृद्धि तर्फ १७ जना छात्र र २६ जना छात्रा गरी ४५ जना सहभागी हुनेछन् । प्राविधिक तर्फ एक जना विद्यार्थी सहभागी हुने छन् । भेरी नगरपालिका भित्रका ८ सय ५ विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए । यस्तै, नलगाड ६६२, छेगाडाड ९९५, बारेकोट ५३७, कुशे ६८९,जुनीचाँदे ५७९ र शिवालय गाउँपालिका बाट ३८९ जना विद्या...