११ श्रावण २०८१, शनिबार

Tag: ऋषि सुनक

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, चुनाव, राजनीति, विगन्यूज, समाचार
७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् । को हुन् ऋषि ? भारतीय मूलका ऋषि प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन, एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री हुन् ऋषि त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् । उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् । सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक...