१२ जेष्ठ २०८३, मंगलवार

Tag: उपसभामुख

रुबि कुमारी ठाकुरको उपसभामुख पदमा ऐतिहासिक जित

रुबि कुमारी ठाकुरको उपसभामुख पदमा ऐतिहासिक जित

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौ :संघीय संसदको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर बहुमतसहित निर्वाचित भएकी छन्। कुल २५६ जना सांसद सहभागी भएको मतदानमा उनले २२९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेकी हुन्।उपसभामुखका लागि प्रतिस्पर्धामा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामाले भने केवल ५ मत मात्र प्राप्त गरिन्, जुन कुल मतको बहुमत नपुगेपछि उनको प्रस्ताव अस्वीकृत भएको हो। यससँगै ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्। श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आरेन राईले ठाकुरलाई उपसभामुख पदका लागि प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई सोही पार्टीकी सांसद अम्विका संग्रौलाले समर्थन गरेकी थिइन्। पार्टीभित्रको सशक्त समर्थनसँगै उनले संसदमा पनि व्यापक समर्थन जुटाएकी हुन्। राप्रपा बाहेकका अधिकांश दलका सांसदहरूको समर्थन प्राप्त गर्दै ठाकुरले उल्लेखनीय बहुमत हासिल गरेकी छ...
उपसभामुख मा इन्दिरा राना निर्वाचित

उपसभामुख मा इन्दिरा राना निर्वाचित

निर्वाचन, राजनीति, समाचार
७ माघ काठमाडौं ।राष्ट्रिय सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेकाे थियोे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । रानाकाे पृष्ठभूमि राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् । साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बालबालिकाको स्याहार र शिक्षा दिक्षामा गरेको सहयोगले ...
उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
६ माघ, काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।...