११ श्रावण २०८१, शनिबार

Tag: उपसभामुख

उपसभामुख मा इन्दिरा राना निर्वाचित

उपसभामुख मा इन्दिरा राना निर्वाचित

निर्वाचन, राजनीति, समाचार
७ माघ काठमाडौं ।राष्ट्रिय सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेकाे थियोे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । रानाकाे पृष्ठभूमि राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् । साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बालबालिकाको स्याहार र शिक्षा दिक्षामा गरेको सहयोगले ...
उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
६ माघ, काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।...