११ श्रावण २०८१, शनिबार

Tag: उपमहासचिव

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा "प्रभाकर"ले  राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्ने बताय । बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनाव मा कसैसँग गठबन्धन नगर्ने बताए । ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्...