११ श्रावण २०८१, शनिबार

Tag: उदय बहादुर चलाउने

वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै जाँदा प्रचण्ड नै जनयुद्ध बन्न पुगे र जनयुद्ध प्रचण्ड बन्यो ! त्यो बेला प्रचण्ड कुनै साधारण व्यक्ति थिएन, बरु सिङ्गो संस्था थियो । अतः प्रचण्ड एउटा विचार थियो, नयाँ संस्कार थियो र अद्भुत मनोबल पनि ! दुई मत छैन– जनयुद्धका तमाम जँघारहरू त्यही बलमा पार गरिएका थिए । जनयुद्धको छालमय प्रभावले पुरानो सत्ता बीस प्रतिशतमा खुम्चिँदै गर्दा असी प्रतिशत गाउँहरूमा जनसत्ता सञ्चालित थियो प्रचण्डपथको विचारद्वारा निर्देशित । सूदखोरी, घूसखोरी, कमिसनखोरी अर्थात् चोरी–चकारीहरू सबै दण्डनीय थिए त्यहाँ जहाँ जनमुक्ति सेनाले रातदिन परेड खेल्थ्यो । जनता आफ्नो सत्ताका मालिक आफैँ थिए । जनताकै छोराछोरी आबद्ध जनमुक्ति सेना जनस...