११ श्रावण २०८१, शनिबार

Tag: ईरानि कम्पनी

भेरी–बबई डाईभर्सन आयोजनाबाट  इरानी कम्पनी (एमजीसी) बाहिरिदै

भेरी–बबई डाईभर्सन आयोजनाबाट इरानी कम्पनी (एमजीसी) बाहिरिदै

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
 काठमाडौं । अमेरिकी प्रतिबन्धका कारण आर्थिक गतिविधि ठप्प भएपछि इरानी कम्पनी कर्णाली प्रदेश सुर्खेतमा संचालित भेरी–बबई डाइभर्सनबाट बाहिरिएको छ । इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) ले भेरी–बवई राष्ट्रिय गौरवको सिंचाइ आयोजनाको हेर्डवक्स गुणस्तर परीक्षण र विद्युत परियोजनाको सिभिलतर्फको कामको ठेक्का पाएको थियो । तीन वर्ष अघि ६ असोज, २०७६ मा आयोजनाको परामर्शदाताको रुपमा कुल ३४ करोड ४० लाख ९६ हजार रुपैयाँ बराबरको खरिदमा छनोट भएको कम्पनीले २४ प्रतिशत काम गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण नेपालमा कुनै आर्थिक गतिविधि गर्न पाएन । काम गरेको पैसा लिन समेत बैंक खाता खोल्न नसकेपछि आपसी समझदारीमै सम्झौता रद्द भएको आयोजनाका सूचना अधिकारी सिनियर इन्जिनियर लेखनाथ अधिकारीले बताए । गत ९ माघमा ठेक्का सम्झौता रद्द भएको हो,’ अधिकारीले भने, ‘उनीहरुले पैसा पाउन नसक्दा काम गर्न...