११ श्रावण २०८१, शनिबार

Tag: अवलोकन

प्रधानमन्त्री : प्रचण्डद्वारा चिडियाखाना अवलोकन

प्रधानमन्त्री : प्रचण्डद्वारा चिडियाखाना अवलोकन

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहालले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण गरेका छन् । दाहाल आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यहरूसहित यहाँ आइपुगेका हुन् । दाहालले चिडियाखाना अवलोकन गर्दा कुनै रमझम नै नगरी सामान्य नागरिक सरह भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले जानकारी दिए । यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए । चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति प्रधानमन्त्री दाहालले खुसी प्रकट गरेको डा. सुवेदीले जानकारी दिए । अवलोकनका क्रममा उनले बाघ र गैंडा धेरै मनपर्ने उल्लेख गर्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए । चिडियाखानामा राखिएका हरेक वन्यजन्तुको बारेमा पनि उनले सोधेका थिए । चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा रहेको डा. ...