ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जान्छ : मेयर चिरिबाबु महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जाने बताउनु भयो ।
नेप्सेम्याक ग्रुपको आयोजनामा रक्तदान,प्रशिक्षण,सम्मान तथा वनभोज सहित बार्षिक सद्भावना भेला — २०८१मा प्रमुख अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै उहाँले सोकुरा बताउनु भएको हो ।
प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जसले जति फुर्ति गरेपनि १० दिन उपत्यकाको फोहर नउठ्ने हो भने यहाँको सबैको हालत उहि हुने भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधान गर्न स्थानिय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट म्यानेजमेन्ट सिस्टममा जानुपर्ने कुरामा आफु सहमत भएको बताउनु भयो । यसमा स्थानिय सरकार,स्थानिय नागरिक र यो बिषयमा कार्यगर्ने संघ संस्था र कम्पनिहरु बराबर जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । मेयर महर्जनले ललितपुर सफा हुनुमा नेप्सेम्याक ग्रु...









