२८ बैशाख २०८२, आईतवार

Breaking News

अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

Breaking News, खेल, समाचार
चितवन :चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे । पुरस्कार वितरण समार...
कक्षा १२ काे परीक्षा आज देखि सुरु, ३लाख ९० हजार बिद्यार्थीले परीक्षा दिदै

कक्षा १२ काे परीक्षा आज देखि सुरु, ३लाख ९० हजार बिद्यार्थीले परीक्षा दिदै

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :कक्षा १२ काे परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए  । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक व...
२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकार तथा  सञ्चार माध्यमलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो । अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको प...
अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा  कारबाहीमा

अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा कारबाहीमा

Breaking News, शिक्षा, समाचार
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुमा अनुगमनलाई तिब्र बनाएको छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले ९ बुंदे निर्देशन जारि गर्दै आक्रामक अनुगमन गरेको हो। बूढानीलकण्ठ नगरपालिकाका ३४ वटा स्कुलको अनुगमन भैसकेको र १८ वटा स्कुल कारबाहीमा परेको बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिएका छन्। केहि विद्यालयले नगरपालिकाको निर्देशन उल्लघंन गरेकोले कारबाही गर्नुपरेको उनको भनाइ छ। अनुगमनको क्रममा बिधालय परिसरबाट स्टेशनरी सामग्रीहरु ,बिधालय पोशाक लगायत बिक्रि वितरण गरेको पाइएको थियो । थोरै मात्रामा शैक्षिक सामग्रीहरु भेटीए जफत गर्ने र धेरै भेटिएको अबस्थामा ताला लगाउने गरिएको छ। हाल सम्म ३४ वटा स्कुलको अनुगमन गर्दा १२ वटा स्कुलको सामग्री बितरण कक्षामा शिल गरिएको छ। स्कुल मात्र होइन २...
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा...
सारा खवर डटकमद्वारा २०८१ सालकाे भित्तेपात्राे सार्वजनिक

सारा खवर डटकमद्वारा २०८१ सालकाे भित्तेपात्राे सार्वजनिक

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
काठमाडौं :सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजानिक गरेको छ ।बौद्ध,जोरपाटी,बाहुनधारामा रहेको हाम्रो सेलोघरमा एक कार्यक्रम गरि सारा खवर डटकमले प्रकाशन गरेका बि.सं.२०८१ को भित्तेपात्रो सार्वजानिक गरेको हो । नमोबुद्ध न्यूज एचडिले संस्कार र संस्कृति बचाउने अभियान स्वरुप शुरुगरेको हाम्रो सेलो घरमा ग्रील तथा स्टील ब्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न मिडियाका मिडियाकर्मी तथा बिभिन्न संस्थाका प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के.सी.,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान,मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल,मिडियाकर्मी दुर्गा...
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदै,घिमिरे र पुडासैनी भिड्दै

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदै,घिमिरे र पुडासैनी भिड्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि  आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्...
नेकपा (एमाले) जाजरकोट जिल्ला अध्यक्ष मा नरेन्द्र शाही निर्वाचित

नेकपा (एमाले) जाजरकोट जिल्ला अध्यक्ष मा नरेन्द्र शाही निर्वाचित

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : नेकपा एमाले जाजरकोट जिल्लााकाे अध्यक्ष मा नरेन्द्र शाही विजयि भयका छन ।मंगलबार जिल्ला सदरमुकाममा भयकाे साताैं जिल्ला अधिवेशनबाट अध्यक्षमा शाही निर्वाचित भयका हुन। नरेन्द्र शाहीका निकटतम प्रतिद्वन्द्वी खिमबहादुर शाहीलाई आठ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित शाहीले १९४ र पराजित भएका शाहीले १८६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । शाहले १८२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत प्राप्त गरेका थिए । सचिवमा गोपाल बहादुर नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एन.बी) लाई १७ मत अन्तरले पछि पार्दै १८८ मत प्राप्त गरी नेपाली विजयी भएका हुन् । बस्नेतले १७१ मत प्राप्त गरेका थिए । यस्तै, उप सचिवमा तप्तबहादुर हमाल विजयी भएका छन् उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार...
डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :डाेल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो ।  विजय कोइरालाको भने उपचार भइरहेको छ । सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।...
युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
धनगढी :नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनमा महत्वपूर्ण योगदान गरेकाे भनेर  जाजरकोटका गाेबिन्द सिलाई  सम्मान गरेकाे छ ।संगठनले पाँचौ राष्टिय सम्मेलनमा सम्मानमा लामो समयसम्म संगठनमा बसी संगठनले दिएका हरेक काम जिम्मेवारी पुर्ण पुरा गरि अनुसासित भयर काम गरेकाे ठहर गर्दै जाजरकोट कुशे गाउपालिका -५ ढिमेका युवा गाेबिन्द चन्द  लाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेकाे हाे । गाेबिन्द चन्द जाजरकोटका एक इमानदार र शाहासिक युवा हुन । सधै जन्ता र न्याय का पक्षमा आफ्ना आवाज बुलन्द गर्दै आयका युवा गाेबिन्द सि  लाई पार्टीका केन्द्रीय सदस्य उमा सि र संगठनका केन्द्रीय अध्यक्ष पाटन सिले सम्मान गरेका थिय । आफू निरन्तर पार्टीको काममा इमानदारीपूर्वक काम गरेकाे भयर संगठनले सम्मान गरेकाेमा निकै खुसि भयकाे र आगामी दिनहरूमा पनि पार्टीका काममा...