वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान अध्यक्षको निर्णय अदालतले गरिदियो खारेज
काठमाडौं। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई दिएको कार्यावाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।
उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए भने उनी माओवादी नेताहरूसँग चीन भ्रमणमा गएका थिए।
आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णयविरुद्ध उपाध्यक्ष थारु अदालत गएकी थिइन्।
बिहीबार उनको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले वडाध्यक्षलाई जिम्मेवारी दिने अध्यक्षको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो।
उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट बञ्चित हुने ...









