हतियार परीक्षण गर्ने क्रममा गोली लागेर सैनिक जवानको मृत्यु
काठमाडौं । नेपाली सेनाका एक जवानको हतियार परीक्षण गर्ने क्रममा गोली लागेर मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत जवानको बिहान ९ बजेतिर हतियार परीक्षण गर्ने क्रममा दाहिने तिघ्रामा गोली लागेको थियो।
२२ वर्षीय जवान चन्द्र किशोर दासको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उक्त गणका गणपति शिवराम बस्न्यातले जानकारी दिए।
...







