काठमाडौं। विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ४३ वर्षीय गोकुल प्रसाद राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय दिपक खत्री र सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय कलाम मिया रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरू मध्ये दिपकलाई एभिल ३६ एम्पुल, डाईजेपाम ३६ एम्पुल, लुपिजेसिक ३६ एम्पुल र फेनारगन ३६ एम्पुल सहित र कलामलाई एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।