२२ असार २०८२, आईतवार

समाचार

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

समाचार
काठमाडौं । सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपता भएका युवकको शव फेला परेको छ ।   सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो ।   राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।   एनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार राती सम्म र पुनःबुधबार बिहान खोजी गरिएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।   यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा ल...
साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला

साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला

समाचार
काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्।   बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।   उनका अनुसार मृतक प्रहरी जवान २३ वर्षीया निशा चौधरी हुन्। उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।   ...
ठगीमा संलग्न दुई जना पक्राउ

ठगीमा संलग्न दुई जना पक्राउ

समाचार
काठमाडौं। नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।   नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई सोही ईमेल मार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको हो ।   उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्य...
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

समाचार
काठमाडौं । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरूको भविष्यसमेत सुखद नदेखिएको जानकारहरू बताउँछन् ।   कुनै समय कुल आम्दानीको झण्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटीटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिचकिचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरूको बुझाइ छ ।       तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरूले सन् २००८ देखि २०१६ सम्मको अ...
स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा ५ जना घाइते

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा ५ जना घाइते

समाचार
काठमाडौं । स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपिओ दुर्घटना भएको हो ।   वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो ।   दुर्घटनामा वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन् ।   घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । स्कारपिओमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ । ...
बेलायती राजकुमार पनि नेपाल आइपुगे

बेलायती राजकुमार पनि नेपाल आइपुगे

समाचार
काठमाडौं । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी श्रीमती सोफियासहित ६ दिने भ्रमणका लागि नेपाल आएका हुन् । आज बिहान उनकी श्रीमती राजकुमारी सोफिया काठमाडौं आइसकेकी छिन् ।   दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत बताइएको छ ।...
भारतमा विद्युतीय गाडीको उत्पादन लागत घट्ने

भारतमा विद्युतीय गाडीको उत्पादन लागत घट्ने

समाचार
काठमाडौं । भारतमा विद्युतीय गाडी सस्तो हुने भएको छ। भारत सरकारले सन् २०२५/२६ को बजेटमार्फत विद्युतीय गाडी (इभी) उत्पादनमा विभिन्न कर छुटको घोषणा गरेपछि भारतीय बजारमा इभी सस्तो हुने भएको हो।   भारतकी वित्तमन्त्री निर्मला सीतारमणले लिथियम आयोन ब्याट्रीमा लाग्दै आएको कर घटाउने घोषणा गरेकी छन्, जसका कारण गाडीको उत्पादन लागत कम हुनेछ। ब्याट्री उत्पादनका लागि आवश्यक कोबाल्ट, लिड, जिंक, ब्याट्री केससहित १२ वस्तुमा लगाइँदै आएको कर हटाइएको हो।   साथै, भारत बाहिरबाट आयात गरिने ३५ वस्तुमा पनि कर हटाउने घोषणा गरिएको छ। यसले भारतीय बजारमा विद्युतीय गाडीको मूल्य घट्ने र उपभोक्ताहरूलाई सुलभ मूल्यमा गाडी उपलब्ध हुने अपेक्षा गरिएको छ।   यस बाहेक विद्युतीय गाडी उत्पादनमा संलग्न स्टार्टअप कम्पनीहरूलाई दिइने कर्जाको सीमा १० करोडबाट बढाएर २० करोड पुर् ...
चितवन जिल्ला अदालतमा पठाइयो रवि लामिछाने सहित १५ जना विरूद्धको पूरक मुद्दा

चितवन जिल्ला अदालतमा पठाइयो रवि लामिछाने सहित १५ जना विरूद्धको पूरक मुद्दा

समाचार
काठमाडौं । रवि लामिछाने लगायत १५ जना र ६ वटा संस्थाविरूद्ध साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन सम्बन्धी पूरक मुद्दा मंगलबार जिल्ला अदालत चितवनमा पेस गरिएको छ।   साहारा सहकारीको रकम अपचलन कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने सहितका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा पेस गरेको हो।   सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।   सहकारी संस्थाको वचत रकम अपचलन गरेको जाहेरीमा प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि सहितलाई ठगी कसुरमा पूरक मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले जानकारी दिए।   उनका अनुसार ३२ ...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

समाचार
काठमाडौं। पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा  सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए। टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो।   ...
समाचार
काठमाडौं। रौतहटको चन्द्रपुरबाट लागु औषध खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलिले चन्द्रपुर वडा न ४ बाट बर्ष ३१ को सागर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जानकारी दिएको छ ।   जिल्ला प्रहरी कार्यलय रौतहटले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । पक्राउ परेका श्रेष्ठलाई लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भै रहेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार चन्द्रनिगाहपुर प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।   यस अघि चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्ड बहादुर थापालाइ पनि प्रहरीले एक ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले ज...