लगातार दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
काठमाडौं । सोमबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने बढेको छ।
आइतबार आठ अर्ब ४३ करोडमा सोमबार आठ अर्ब ७७ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ अर्ब रूपैयाँ बढेको हो।
आज ३१९ वटा धितोपत्रको दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता सेयर किनबेच भएको हो।सोमबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ७१२ रूपैयाँ २० पैसा र ५८८ रूपैयाँ ९० पैसा कायम भएको छ।यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक्को मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७४६ रूपैयाँ ५० पैसा पु...








