१५ बैशाख २०८३, मंगलवार

समाचार

कैलालीमा थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने ३ जना पक्राउ

कैलालीमा थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने ३ जना पक्राउ

समाचार
काठमाडौं । कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।   उनकाअनुसार उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो ।   उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते का...
बाराको जीतपुरमा कारभित्र एक शव फेला

बाराको जीतपुरमा कारभित्र एक शव फेला

समाचार
काठमाडौं। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ मा एक कारमा शव फेला परेको छ ।   बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा एक पुरुषको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका हुन् ।   जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकको पहिचान खुलेको छैन ।   अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।   जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।   घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । ...
वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

समाचार
काठमाडौं । महोत्तरीमा डाँका समूहले घरमा पसेर एकजना वृद्धको हत्या गरेको छ। शनिबार बिहान करिब ४ बजे महोत्तरीको मनवरासिसवा नगरपालिका- ४ स्थित साढाका ७० वर्षीय सुशील झाको डाँका समूहले हत्या गरेको प्रहरीले जनाएको छ । ७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले बताए। `सुन चाँदीको गरगहना र पैसा मागेपछि दिन इन्कार गर्दा हात/ मुक्काले हानेर  उनको हत्या भएको देखिन्छ । हामी घटनास्थलमै छौँ, अनुसन्धान हुँदै छ,´उनले भने ।   ...
बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
सुर्खेत : बाजुरा केन्द्रबिन्दु भएर सनिवार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।...
न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

समाचार
काठमाण्डौं । न्युजलाईन्स मिडिया प्रा.लि.ले आफ्नो ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पुस ५ गते शुक्रबार डाडाँ गाउँ स्थित ग्रिन भ्याली रिसोर्टमा उक्त बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्व तथा न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा उपस्थित हुनुहुन्थ्यो । मिडियाकर्मी विष्णुमाया पौडेलले सन्चालन गर्नुभएको कार्यक्रममा मिडियाका सल्लाहकार तथा समाजसेवी राम प्रसाद न्यौपानेले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गर्नु भएको थियो । ९ औ बार्षिकोत्सवको अवसरमा नेपालका प्रथम उपराष्ट्रपति झाले संचारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक, समाजसेवीहरुलाई सम्मान गर्नुभयो । सम्मानित हुने हरुमा संचार क्षेत्रबाट राज्यदैन...
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ

समाचार
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमापारी विभिन्न देश पठाइदिन्छु भन्दैरकमठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउपर्नेहरूमाभक्तपुर नगरपालिका–० कमलविनायकबस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँ गाउँ ठेगाना भइ काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् ।   पक्राउमध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई बागबजारबाट र बुद्धिबहादुरलाई सामाखुशीबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा क...
एसिसी यू-१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

एसिसी यू-१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

समाचार
काठमाडौं । एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटमात्रै गुमाएर ९.५ ओभरमा पूरा गर्‍यो। बंगलादेशकी ओपनर फहोमिदा चोयाले ३२ बलमा तीन चौका हानेर २६ रन बनाइन्। अर्का ओपरन मोसम्मत इभाले कुसुम गोदारबाट बोल्ड हुनुअघि २१ बलमा १ छक्का हानेउर १८ रन बनाएकी थिइन्। सुमैया अख्तर सुबोर्नाले १० रनको योगदान दिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको थियो। नेपालका लागि साबित्री धामीले ११ रन बनाउनुबाहेक अरू  सबै ब्याटरहरूले १० भन्दा कम रन बनाए। बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले एक/एक विकेट लिए। य...
नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य

समाचार
काठमाडौं ।  नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ८० किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
सतुंगलमा भेटियो किशोरीको शव

सतुंगलमा भेटियो किशोरीको शव

समाचार
काठमाडौं । काठमाडौंको सतुंगलमा एक जना किशोरीको हत्या भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई खरिबोटस्थित एक घरको भुई तलामा डेरा गरी बसेकी १७ वर्षीया सरिता तामाङको शव बुधबार दिउँसो १ बजे फेला परेको हो। उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ। सरिता नैकापको बिष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा पढ्थिन्। उनी मंसिर २९ गते मध्यराति देखि हराइरहेकी थिइन्। उनी बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो। आफ्नी बहिनी हराएको भन्दै सरिताका दाइ नवीन रूम्बा तामाङले गत सोमबार (पुस १ गते) दिउँसो ...
परराष्ट्र मन्त्री राणा दिल्लीमा

परराष्ट्र मन्त्री राणा दिल्लीमा

समाचार
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।   जर्मनबाट उनी भारतको दिल्लीतर्फ गएकी थिइन्।   परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।   उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन्।   उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ।   दिल्लीमा परराष्ट्र मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना छ। ...