२३ असाेज बर्दिया : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षणक रेशम चाैधरिले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरायका छन । २०७४ सालकाे चुनावमा कैलाली १ बाट भारि मतले बिजयि चाैधरि टिकापुर घटनाक्रमले विभिन्न मुद्दामा जेलमा छन ।
कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त गर्न चाहन्छु । कमरेड विप्लवद्वारा नवौँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरू र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक/राजनीतिक, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरूको उठान मार्क्सवादका आधारमा गरौँ कि सामान्य पुँजीवादी अवधारणाका आधारमा ? कमरेडहरूलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र मार्क्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैरमार्क्सवादी...
२३असाेज गाेरखा । आसन्न मंसिर मा हुने चुनावका लागि पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन । उहाँ संगै १३ जनाकाे उम्मेदवारी दर्ता भयकाे एक नेताले बताए । प्रचण्ड संगै पुर्व प्रधानमन्त्री तथा नेजसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी का उपाध्यक्ष नारायण काजि श्रेष्ठ पनि आजै गाेरखा पुगि प्रचण्डलाई साथ दिईरहेका थिय ।
...
२३ असोज, जाजरकोट । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ ।
प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ ।
प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा राजिवविक्रम शाहलाई उम्मेदवार बनाएको छ ।
जाजरकोटमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ यूवा नेता निरज आचार्यलाई उम्मेदवार बनाएको छ । ०७४ मा वाम गठबन्धन हुँदा टिकट गुमाएका आचार्यले शक्तिलाई नै सघाएका थिए । तर यसपटक आचार्यले शक्तिसँगै प्रतिस्पर्धा गर्ने छन् ।
२०७४ मा प्रतिनिधि सभामा शक्तिसँग पराजित भएका कांग्रेसका राजिव विक्रम भने यसपटक प्रदेश सभामा झरेका हुन् ।...
२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही खर्च गर्न पाउँछन् ।
खर्चको सीमा पनि तोकियो
निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । मतदाता संख्या, निर्वाचन क्...
२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।
प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए
बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई अन्तर हृदयदेखि स्वागत गरेको बताएका छन् । भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
बाबुरामको सचिवालयका एक सदस्यले भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए ।निर्वाचन आयोगले आइतबार ...
२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’
बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु ...
१८ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
कतिपय शक्तिपीठमा भने आज हाँस, कुख...
१८ असोज, काठमाडौं । भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ ।
भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’
दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् ।
भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बना...
१७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।
कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।
नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।...