२६ पुष २०८२, शनिबार

चुनाव

चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

चितवन , तनहुँ र बारामा आज उपनिर्वाचन हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । चितवन ,तनहुँ र बारामा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि सुरु भयकाे हाे र साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष...
चितवनमा उप निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य र सुरक्षा ब्यवस्थाप तयारी हुदै

चितवनमा उप निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य र सुरक्षा ब्यवस्थाप तयारी हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन । क्षेत्र नम्बर २ मा भाेलि आईतवार  हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम र सुरक्षा ब्यवस्थापन धमाधम भइरहेको छ । चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा ६ सय ९० कर्मचारी खटिएका छन् ।  यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङ...
नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...
महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगरमा सुरकृष्ण वैद्य  विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएका छन । त्यसैगरी वैद्य  ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएकाे नि । वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औं वाषिर्क साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।...
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चुन्न मतदान भईरहेकाे छ ।।

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चुन्न मतदान भईरहेकाे छ ।।

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चुन्नका लागि मतदान भइरहेको हाे  । मतदान बिहान ८ बजेदेखि सुरु भई अपराह्न ४ बजेसम्मका  काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भईरहेकाे छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान भईरहेकाे छ । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ...
पाटन क्याम्पसमा आज स्व वि यु निर्वाचन हुदै

पाटन क्याम्पसमा आज स्व वि यु निर्वाचन हुदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।  चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । करिब ७हजार ६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।  उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ ।...
चितवन क्षेत्र न. २ मा २४ जनाकाे उम्मेदवारी दर्ता

चितवन क्षेत्र न. २ मा २४ जनाकाे उम्मेदवारी दर्ता

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् । अहिले आयोगले उम्मेदवारहरुको उम्मेदवारी दर्ता कानुनसम्वत भए नभएको हेरिरहेको आचार्यले जानकारी दिए । चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोध माथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आचार्यले बताए । चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमा भन्दा ४८० जना नयाँ मतदाता थपिएका छन्।...
आज उपनिर्वाचनका लागि  उम्मेदवारी दर्ता हुँदैछ ।

आज उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
 काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।...
भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका  प्रकाश सिंह विजयी

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका प्रकाश सिंह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पसका रुपमा सदरमुकाम खलंगामा रहेको जाजरकोटकाे पहिलाे क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा  नेपाल बिद्यार्थी संघका प्रकाश सिंह विजयी भयका छन ।आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्री...
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।जसपाका संसदिय दलका नेता रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार सम्पन्न उपराष्ट्रपति चुनावमा यादव निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन्। उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन्। विजयी यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन्। उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो। यस्तै उपराष्ट्रपति पदको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले संघीय संसदतर्फ १०४ र प्रदेशसभातर्फ १६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै, जनमत पार्टीकी ममता झाले संघीय संसदतर्फ २३ र प्रदेशसभातर्फ १५ मत पाएकी छन् । उम्मेदवारी नि...