२३ भाद्र २०८१, आईतवार

सुचना संचार

काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् । मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच महिना तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशि...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...