वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको हो।
वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
‘पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैशाख ७ गते कथित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले भने।
वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको उनले जानकारी दिए।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ को प्रदर्शनमा सहभागी भएकाहरूलाई रिहाइको माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने निर्णय पनि राप्रपाले गरेको छ।
&n...









