११ श्रावण २०८१, शनिबार

Tag: 2022

निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । निकलस फ्युलक्रगको गोलमा कतार विश्वकपमा जर्मनी हारबाट जोगिएको छ।अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले स्पेनविरुद्ध पुर्नरागमन गर्दै बराबरी गरेको हो। खेलको ८३ औँ मिनेटमा निकलस फ्युलक्रगको गोलमा जर्मनीले स्पेनसँग एक एक गोलको बराबरी खेलेको हो। बराबरीसँगै समूह चरणमा १ अंक जोडेको जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कायम भएको छ। स्पेन भने ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। पहिलो हाफमा गोलरहित सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको...