११ श्रावण २०८१, शनिबार

Tag: हरि श्रेष्ठ

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

अर्थवाणिज्य, कृषि, विचार
माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ । विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ  श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ ,  विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मा...