२७ असार २०८२, शुक्रबार

Tag: स्ववियु निर्वाचन

आज देशै भरि स्ववियु निर्वाचन हुदैछ

आज देशै भरि स्ववियु निर्वाचन हुदैछ

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र एक हजार बढी सामुदायिक क्याम्पसमा विद्यार्थीहरूको प्रतिनिधिमूलक थलो स्ववियुको निर्वाचन हुँदैछ। मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ। हरेक दुई–दुई वर्षमा स्ववियु चुनाव हुनेगर्छ। विवादका कारण केही क्याम्पसमा २०६५ सालदेखि नै निर्वाचन हुन सकेको छैन। काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रभावित बनेको छ। काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदिमा...
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

Breaking News, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केह...
अखिल क्रान्तिकारी द्वारा स्ववियु बिशेष प्रशिक्षण  कार्यक्रम सम्पन्न

अखिल क्रान्तिकारी द्वारा स्ववियु बिशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
९ फाल्गुन काठमाडौं / आसन्न चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचनको लागि स्ववियु विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकटको भातृ संगठन अखिल ( क्रान्तिकारी ) बागमती प्रदेश सयुक्त विशेष कमिटी द्वारा आयोजित प्रशिक्षण कार्यक्रम  काठमाडौंको पद्मकन्या कलेजमा एक औपचारिक कार्यक्रम गरि सम्पन्न गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) का केन्द्रिय सदस्य पुर्ण बहादुर सिंहले नेपालमा स्ववियुको इतिहास लामो रहेको बताएका छन । उनले  ” स्ववियु सत्ताको मोर्चा नभई संघर्षको मोर्चा भएको र विद्यार्थीहरुमा अब जागरण आउनुपर्ने कुरामा जोड दिएका छन ” । सिंहका अनुसार एउटा सियो उत्पादन गर्न नसक्ने देशले समृद्ध नेपालको नारा लगाउदै जनतालाई झुक्...