११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारी द्वारा स्ववियु बिशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

९ फाल्गुन काठमाडौं / आसन्न चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचनको लागि स्ववियु विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकटको भातृ संगठन अखिल ( क्रान्तिकारी ) बागमती प्रदेश सयुक्त विशेष कमिटी द्वारा आयोजित प्रशिक्षण कार्यक्रम  काठमाडौंको पद्मकन्या कलेजमा एक औपचारिक कार्यक्रम गरि सम्पन्न गरिएको हो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) का केन्द्रिय सदस्य पुर्ण बहादुर सिंहले नेपालमा स्ववियुको इतिहास लामो रहेको बताएका छन । उनले  ” स्ववियु सत्ताको मोर्चा नभई संघर्षको मोर्चा भएको र विद्यार्थीहरुमा अब जागरण आउनुपर्ने कुरामा जोड दिएका छन ” । सिंहका अनुसार एउटा सियो उत्पादन गर्न नसक्ने देशले समृद्ध नेपालको नारा लगाउदै जनतालाई झुक्काएको केन्द्रिय सदस्य सिहंले बताएका छन ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अखिल    ( क्रान्तिकारी ) का केन्द्रिय अध्यक्ष मिलन राईले आउदो स्ववियु निर्वाचन कसरी उपयोग गर्ने ? स्ववियुका चुनौती र अवसर , स्ववियुको नेतृत्व , इतिहास , उम्मेदवारको आचारसंहिता र स्ववियुको काम कर्तव्य अधिकारका विषय सम्बन्धि प्रशिक्षण गर्दै उनले आसन्न स्ववियु निर्वाचन जसरी पनि अखिल (क्रान्तिकारी ) ले जित्नुपर्ने  बताएका छन ।

उनले थप्दै ” नेपालमा वि.स २०२० सालमा स्ववियुको स्थापना भएको र अब विद्यार्थीहरु जाग्नुपर्ने र स्ववियु निर्वाचन उपयोग गरि विजेता हुनुपर्ने कुरामा जोड दिदै उनलेे स्ववियु जित्नु भनेको शासन गर्ने नभई विद्यार्थीको सेवा गर्ने केन्द्रिय अध्यक्ष मिलन राईले बताएका छन ।

प्रशिक्षण कार्यक्रममा विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरु , विद्यार्थी नेता , राजनीतिक दल लगाएतको उपस्थिति  रहेको थियो ।