११ श्रावण २०८१, शनिबार

Tag: सुत्केरीको मृत्युु

भुकम्पले घर भत्किय पछि त्रिपाल मुनि बस्दै आयकी शर्मिलाकाे चिसाेले ज्यान लियाे

भुकम्पले घर भत्किय पछि त्रिपाल मुनि बस्दै आयकी शर्मिलाकाे चिसाेले ज्यान लियाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :भूकम्पले घर भत्किय पछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका वडा न. ८ कि  २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । चिसोका कारण जाजरकोटमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्ष...