१ असार २०८३, सोमबार

Tag: सिमा

लिपुलेक,लिम्पियाधुरा र कालापानीबाट भारती सेना फिर्ता गर : नेकपा बहुमत

लिपुलेक,लिम्पियाधुरा र कालापानीबाट भारती सेना फिर्ता गर : नेकपा बहुमत

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतीय सैन्य उपस्थिति हटाउन माग गरेको छ ।पार्टी महासचिव कञ्चनद्धारा जारी प्रेस वक्तव्यमा उक्त क्षेत्र नेपालको भूमि भएको दाबी गर्दै भारतले लामो समयदेखि नियन्त्रणमा राख्दै आएको जनाएको छ। पार्टीका अनुसार भारत र चीनबीच आगामी जुन २०२६ देखि लिपुलेक नाका प्रयोग गरी तीर्थाटन, यातायात तथा व्यापार सञ्चालन गर्ने सहमति सार्वजनिक भइसकेको छ । यस विषयमा नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको र भारत सरकारको प्रतिक्रिया समेत सार्वजनिक भइसकेको वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालका विभिन्न स्थानमा सीमा अतिक्रमण गरेको आरोप लगाइएको छ । पार्टीले नेपालको सार्वभौमिकताको सम्मान गर्दै विवादित क्षेत्रबाट भारतीय सेना फिर्ता हुनुपर्ने माग गरेको छ । त्यसैगरी, कैलाश मानसरोवर तीर्...
निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार, सुचना संचार
महेन्द्रनगर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घन्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उहाँले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमा...