११ श्रावण २०८१, शनिबार

Tag: सिडियाे

ललितपुरकाे सिडियाेकाे  जिम्मा तुलसी बहादुर श्रेष्ठलाई

ललितपुरकाे सिडियाेकाे जिम्मा तुलसी बहादुर श्रेष्ठलाई

Breaking News, राष्ट्रिय, समाचार
ललितपुर :गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टरमा तानिएकाे थियो । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् ।...
ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपियस काेरिया शाखाका प्रमुख लाई जिम्मेवारी बाट हटाईयाे

ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपियस काेरिया शाखाका प्रमुख लाई जिम्मेवारी बाट हटाईयाे

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
ललितपुर :रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताएका छन् । ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय भएको उनले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबारबाट काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मे...
गृहमन्त्रालयद्वारा ६ जना सिडियाेलाई परिवर्तन

गृहमन्त्रालयद्वारा ६ जना सिडियाेलाई परिवर्तन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बताए । हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन् । सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनलाई सिडिओबाट पुनः सिडिओमै सरुवा गरिएको हो । अन्य सहसचिवहरूको हकमा झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ । त्यसै गरी तुलसी बहादुर श्रेष्ठ र जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले यो नियमित पदस्थापन र सरुवा भएको जनाएको छ ।...