११ श्रावण २०८१, शनिबार

Tag: साेम बहादुर कुमाल

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् । चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । आफ्नो बेस्ट टाइमिङसहित स्वर्ण जितेपछि सोम कुमालले एकदमै खुशी लागेको बताए । ’राम्रो प्रदर्शन भयो । म अरुलाई भन...