११ श्रावण २०८१, शनिबार

Tag: सरकार

कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।कर्णाली  प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेस निकट स्रोतले बताएको हाे । कर्णालीमा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको भएपनि जाजरकोटबाट निर्वाचित सांसद राजिव बिक्रम शाह र बेदराज सिंह मध्य पहिलो चरणमा बेदराज सिंह मन्त्री बन्ने पक्कापक्की भएको जनाइएको छ । कर्णाली सरकार विस्तार गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेशबाट तिन जनाको नाम तय भैरहेको बताइएको छ । स्रोतका अनुसार अन्तिम टुंगो लाग्न भने बाँकी रहेको बताइएको  छ । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । ...
कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

कर्णाली प्रदेशमा सरकार आलाेपालाे काे सहमति

Breaking News, राजनीति, समाचार
२७ पुस सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आलाेपालाे गरि सरकार चलाउने सहमति भएको छ। बिहीबार दिउँसो बसेको एमाले(माओवादी दलको बैठकले आधा / आधा कार्याकाल सरकार चलाउने सहमति भएको हो। एमाले एक सांसदले  भने, दुई दलबीचको बैठक भर्खरै सकिएको छ। दुई दलबीच आलाेपालाेमा सरकारको नेतृत्व गर्ने सहमति भएको छ। अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए। मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका नेता राजकुमार शर्मा ४ बजे दाबी पेशका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगे , उनले भने। अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो। केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो।...