११ श्रावण २०८१, शनिबार

Tag: सत्या पहाडी

तिमी आइरहनु है :- सत्या पहाडी

तिमी आइरहनु है :- सत्या पहाडी

कविता, विचार, शिक्षा
कविता : आमा प्रति समर्पित । आज पनि देखिरहेकी छु दुर क्षितिजमा फैलिएको घना बादलकालाई च्यातेर टिलपिलाइरहेछ एउटा तारा स्मृतीको चिमनीबाट मनभरी चियाउँदै कल्पना गर्छु तिम्रो अनुहार जस्तै चम्किलो छ हरेक अन्धकारलाई चिर्न सक्ने निरासताको पर्दा छेडेर हरेक मन मस्तिष्कमा आशाको प्रकाश भई छुन सक्ने ओइलाएका पुष्पहरुमा वहार छर्न सक्ने आँचलमा अगालेर बात्सल्यता भर्न सक्ने उज्यालोको अद्भुत अनुभुती मन भरी हुन सक्ने अजर अनि अमर तिमी त्यही तारा हौं हर मनहरुमा हर जंघारहरुमा जोस बनेर जगाइरहने स्मृतीको अमिट विम्व हौ तिम्रो प्रतिविम्व त के वन्न सकुला र तिम्रो अभावमा आउने ऐठनहरुलाई नियन्त्रण गर्दै तिम्रो यादको आगनमा सजाइरहेकी छु तिम्रो तस्वीर कहिले कहि जिन्दगीका भिर र पिर पखालेर दृढताको मन धोइरहेकी हुन्छु तिमीलाई गुमाएको पल मेरो खुशी खोसिएको क्षण भाव विहलताको औसी च्यातेर सम्झाना...
म पनि हत्यारा हु ,सामन्त र निरंकुशता काे : सत्या पहाडी

म पनि हत्यारा हु ,सामन्त र निरंकुशता काे : सत्या पहाडी

कविता, विचार, समाचार
म पनि हत्यारा हुँ निरंकुशता को ! म पनि अवराधि हुँ समान्तवादको !! एउटा काँधमा वन्दुक बोकेर अर्को काधमा वच्चा बोकेर अत्याचार को गला हलाल गरेकै हुं म पनि अपराधी हु दलाल नोकरशाही ब्यवस्थाको असमानता विभेद र दासताको टाउकोमा समानता स्वतन्त्रता र मुक्तीको वज्र प्रहार गरेकै हुँ उत्पीडनको गिद्दे नजर फुटाउन हजारौलाई जुटाएर सुदखोर भ्रष्टाचारी र वलत्कारी लाई जनसत्ताको कठघरामा उभ्याएर सरेआम भाटे कारवाही गरेकै हुँ हो सक्छौ प्रतिगमनको तिम्रो अदालतमा हाम्रा विरुद्ध हजारौं मुद्धा दायर गर मृत्युमा सहीछाप गरेर शिरमा कफन बाँधेका क्रान्तिका सिपाहीहरु हौं हामी देश र जनताको निम्ती यातनाका ग्यास च्याम्वर मा जलेनौ झिरले रोपीयका पैतलामा फलामे सिक्रिले कसिदा पनि एक रत्ती गलेनौ हामी तिम्रा धम्की रबाफले न्याय र समानताको हाम्रो महान अभियानलाई कदाचित रोक्ने छैन रगतले लेखिएको जनाधिकारको दस्ताव...