११ श्रावण २०८१, शनिबार

म पनि हत्यारा हु ,सामन्त र निरंकुशता काे : सत्या पहाडी

लेखक : सत्या पहाडी

म पनि हत्यारा हुँ निरंकुशता को !
म पनि अवराधि हुँ समान्तवादको !!
एउटा काँधमा वन्दुक बोकेर
अर्को काधमा वच्चा बोकेर
अत्याचार को गला हलाल गरेकै हुं
म पनि अपराधी हु
दलाल नोकरशाही ब्यवस्थाको
असमानता विभेद र दासताको टाउकोमा
समानता स्वतन्त्रता र मुक्तीको वज्र प्रहार गरेकै हुँ
उत्पीडनको गिद्दे नजर फुटाउन
हजारौलाई जुटाएर
सुदखोर भ्रष्टाचारी र वलत्कारी लाई
जनसत्ताको कठघरामा उभ्याएर
सरेआम भाटे कारवाही गरेकै हुँ
हो सक्छौ प्रतिगमनको तिम्रो अदालतमा
हाम्रा विरुद्ध हजारौं मुद्धा दायर गर
मृत्युमा सहीछाप गरेर
शिरमा कफन बाँधेका
क्रान्तिका सिपाहीहरु हौं हामी
देश र जनताको निम्ती
यातनाका ग्यास च्याम्वर मा जलेनौ
झिरले रोपीयका पैतलामा
फलामे सिक्रिले कसिदा पनि
एक रत्ती गलेनौ हामी
तिम्रा धम्की रबाफले
न्याय र समानताको
हाम्रो महान अभियानलाई
कदाचित रोक्ने छैन
रगतले लेखिएको
जनाधिकारको दस्तावेज हो संविधान
त्याग तपस्यार हजारौंको बलीदान वाट
प्राप्त गणतन्त्रको गला रेट्न खोज्ने
तानाशाही प्रवृत्तीको छातीमा
आस्था विश्वास र दृढताको
धारीलो छुरीले छिया छिया पार्न मन छ
समृद्धि शुशासन र समानताको
सपना साकार पार्न
तिम्रा कुत्सीत हर्कतहरुलाई
विच सडकमा आगो लगाउन मन छ
यही नै अपराध हो भने
हामीलाई पनि लगाउ मुद्दा
मृत्युको दस्तवेजमा
सहीछाप गरेर हिडेका हौ
संसार परिवर्तनको अग्नीपथमा
तिम्रा फरमानहरुले
केहि फरक पार्दैन
हाम्रो सुप्रिम कमाण्डर
उर्जा र विचार हो
आस्था र विश्वास हो
छोयर त हेर
खुवै होला
इतिहाँस दोरियला
तर तिम्रो वाँकी लुटको स्वर्ग
निश्चित खरानी हुनेछ
हाम्रा विरुद्ध
हजारौ मुद्धाहरू दायर गर
समानता र न्यायाको पक्षमा
फैसला त जनताले नै गर्नेछ ।