११ श्रावण २०८१, शनिबार

Tag: संस्कृति

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ । जल, जमिन, जडिबुटी र पर्यटन बिकासलाई सदुपयोग गर्न सके जाजरकोटलाई स्वर्गको टुक्रा जस्तै सुन्दर बनाउन सकिन्छ । जिल्लाको ८२ किलोमिटर भु–भागलाई छिचोल्दै गएको मध्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि सुर्खेत छिन्चु–जाजरकोट–डोल्पाको मोरिम तेञ्जे हँुदै तिब्वत जोडने त्रिदेशीय भेरी करिडोर, जाजरकोटको कुशे पाटन हँुदै कपिलवस्तु देखि दाङ, सल्यान, जुम्ला हुँदै मुगु जोड्ने लुम्बिनी–रारा पर्यटन मार्गले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जाजरकोटमा आकर्षित गर्न सकिन्छ । पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो...