समाजसेवी शाहीले गरिन् क्यान्सर पिडितका लागि कपाल दान
काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा न ४ कि सुप्रिया लक्ष्मि शाही ले क्यान्सर पिडितका लागि कपाल दान गरेकि छिन । शाहीले साेमबार सामाजिक संजाल फेसबुक मार्फत आफुले कपाल दान गरेकाे कुरा सार्वजनिक गरेकि छिन : शाहिले भनेकि छिन :-"यो निर्णय सम्म पुग्न त्यति सजिलो विल्कुलै भएन।सामाजिक प्राणीका रुपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्यो ।मैले मेरो मनलाई जिते ।
म मेरो यो निर्णय बाट एकदमै खुसि छु । विभिन्न रोग र हिंसा, विशेष गरि क्यान्सरबाट पिढीत आमा -बुबा, दाजु-भाई,र दिदीबहिनीहरुले आफ्नो कपाल गुमाउनु भएको छ ।मैले उहाँहरुको पिडा देखेको छु!
धेरै केहि गर्न नसके पनि म केहि पल, केहि छिन उहाँहरुको साथमा उभिन चाहन्छु।
संग संगै एक नारीको सैन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरुमा पनि केहि परिवर्तन भएको हेर्न चाहन्छु ।"
"म मेरो कपाल, अनुहार र लुगाले मलाई सुन्द...