११ श्रावण २०८१, शनिबार

Tag: शिवालय गाउँपालिका जाजरकोट

शिवालय गाउपालिका जाजरकोटमा किसानलाई चियाको बेर्ना वितरण

शिवालय गाउपालिका जाजरकोटमा किसानलाई चियाको बेर्ना वितरण

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट ।शिवालय गाउँपालिका जाजरकोटले किसानहरुलाई कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनको लागि चियाको बेर्न वितरण गरेको छ । कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनमा सहयोग गर्न चियाको बेर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता दिपक बहादुर खडकाले जानकारी दिएका छन । शिवालय गाउँपालिकाको वडा नम्बर २ लयाकाँडा र ३ नम्बरको घोडाछालमा ६ हजार विरुवा वितरण गरिएको खडकाले बताए । किसानलाई नगदेबालीमा आक्रशित गरि कृषि क्षेत्रबाट नै उत्पादन बढाएर रोजगारी दिने, पुजि र श्रम शक्ति पलायन हुन नदिने मुख्य लक्ष सहित गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीको बिशेष पहल र योजना अनुसार चियापत्तिको बिरुवा वितरण गरिएको प्रबक्ता खड्काले जानकारी दिए । साथै पालिकामा हावापानी चियापत्ती उत्पादनको लागि संभाब्यता अध्ययन गरेर उत्पादन राम्रो हुने भएपछि कृषि क्षेत्रमा क्रान्ति नै हुने गरेर वडा नम्बर २ को नेपामा चियापत्तिको नर्सरी स्था...