२१ असार २०८२, शनिबार

Tag: शिक्षक

जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

Breaking News
काठमाडौं  :  जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधि प्राप्त गरेका छन् । माध्यमिक तह तृतिय लक्ष्मी खत्री,निम्न माध्यमिक तह द्धितीय जय बहादुर थापा र प्राथमिक तह प्रथम अच्युत प्रसाद शर्मा रहेका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाका तीन जनालाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरी सम्मान गरेको हो । उत्कृष्ट शिक्षकमा छनोट हुने लक्ष्मीले हाल बारेकाेट गाउपालिका लिम्सामा रहेको श्री विरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेकी छिन् । त्यस्तै उत्कृष्ट शिक्षकमा छनोट भएका अर्का शिक्षक थापा हाल छेडागाड नगरपालिका १३ दशेरामा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेका छन् भने शर्माले भेरी नगरपालिका वडा नं ४ मा रहेको श्री रामजानकी प्राथमिक विद्यालयमा अध्यापन गराउदै आएका छन् । ...
मा.बि.तह तृतीय श्रेणी शिक्षक पदका लागि आज विज्ञापन हुँदै

मा.बि.तह तृतीय श्रेणी शिक्षक पदका लागि आज विज्ञापन हुँदै

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाअन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन आह्वान गर्ने भएको छ । विज्ञापन आज विहान १० बजे आयोगले आफ्नो वेबसाइटमा जनाएको छ। आयोगका अनुसार नेपाली, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, गणित, सामाजिक शिक्षा, संस्कृत र कम्प्युटर विज्ञान विषयका लागि आवेदन आह्वान गरिने भएको छ । आयोग सूत्रले दिएको जानकारीअनुसार ४३५ पदका लागि विज्ञापन आह्वान हुनेछ । सबैभन्दा बढी सामाजिक शिक्षामा आवेदन माग गरिने भएको छ । वेबसाइटमा विज्ञापन डाउनलोड गरिएलगत्तै आवेदन भर्न पाइने सुविधा उपलब्ध गराइनेछ । माघ ८ गतेसम्म आवेदनको म्याद दिइने र दोब्बर दस्तुरका लागि माघ १५ गतेसम्म अवधि रहने जनाइएको छ । आयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।...