११ श्रावण २०८१, शनिबार

Tag: वेलिब्रिज पुल

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट  । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका ९ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।जाजरकोट-डोल्पा सडकअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई श्रमिकको ज्यान गएको हो । ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बहराइच घर भएका अन्दाजी ४० वर्षीय कामदार पुरोस्लिम चमारको घटनास्थलमै र बहराइचकै अर्का कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमार छन् । घाइते हर्जनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते सातजनामध्ये क्रेनका २५ वर्षीय चालक नीरजकुमार चौधरी सामान्य घाइते भएका छन् । नवलपरासी घर भएका चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ...