जाजरकोटमा भुकम्प पछिकाे पुन:स्थापना
कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७ सय ७ घर बस्न नमिल्ने गरी चर्किएका छन् । कुल ३४ हजार ३ सय ९ घरधुरी रहेको जाजरकोटमा कुल जनसंख्या १ लाख ८९ हजार ३६५ जना रहेको छ ।
भूकम्प पछि ९९ % जनता खुला आकाशमा बास गरिरहेका छन् । यसबिचमा ६०० भन्दा बढी प्रकम्प गइसकेका छन् । भूकम्प पछिको १३ दिन वितिसक्दा पनि न त पर्याप्त राहत सामग्री नै पुगेको छ नत जनता आफैले आफ्नो जोहो गर्न सकिरहेका छन् । प्राय सबैमा एउटै आशा छ कि पाल आउँछ, कम्बल आउँछ, म्याट्रिक्स आउँछ, चामल आउँछ र आफ्नो र परिवारको दैन्यनदिन सहज हुन्छ । भूकम्प पछि राहत सामग्री जिल्लामा भित्रिरहेकै पनि छ । नेता, कार्यकर्ता, समाजसेवी लगायतका विभिन्न मानिसहरुले भूकम्प पिडितलाई भेटेर राहन आउने आश्वासन बाँडिरहेकै पनि छन् । राज्यप्रत...