११ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रिय आमा

सिता दाहाल जनयुद्धको खम्बा हुनुको साथै राष्ट्रिय आमा

सिता दाहाल जनयुद्धको खम्बा हुनुको साथै राष्ट्रिय आमा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन् । तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ । पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन । आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन् । संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए । सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे । पुष्पकमलको ...