११ श्रावण २०८१, शनिबार

Tag: युद्ध

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
८ कात्तिक, काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् । जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको छ । तर, रुस–युक्रेन युद्ध नरोकिएपछि लिबरल डेमोक््रयाटहरुले रणनीति बदल्नुपर्नेमा जोड दिएका हुन् । २५ जना भन्दा बढी सांसदले राष्ट्रपति जो बाइडेनलाई युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न आग्रह गरेका छन् । साथै रुससँग प्रत्यक्ष कुटनीतिक पहल गर्न पनि भनेका छन् । डेमोक्र्याट सांसदहरुले सोमबार जो बाइडेनलाई पठाएको पत्रमा युक्रेनलाई समर्थन गर्ने नीतिको प्रशंसा गरेका छन् । रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने युक्रेनका जनतालाई स्वीकार्य हुने त...