एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई
१३ कात्तिक, काठमाडौं । नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ ।
विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालगञ्ज म्याराथनले सदस्यता पाएको म्याराथन आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।
गत महिना मात्र एम्सबाट नेपालगञ्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दूरीको अलगअलग प्रमाणपत्र रहेको पनि आयोजकले जनाएको छ ।
सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगञ्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगञ्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् ।
‘म तपाईं र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु’, पाका बोराओले नेपालगञ्ज म्यारथनका अध्...