११ श्रावण २०८१, शनिबार

Tag: मेयर

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहमा जनप्रतिनिधि आफ्नो ठाउँ तथा नगर र पालिका प्रति इमान्दार र बफादार बन्नुपर्ने बताएका छन् । जुनसुकै कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर साहले इमान्दारीताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई कम हुने बताए । समाजमा जघन्य अपराधका घटना बढेको भन्दै उनले स्थानीय स्तरबाटै जघन्य घटनाका मुद्दाको मेलमिलाप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, 'जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु...