क्रान्तिकारी महिला संगठन काे राष्ट्रिय एकता अधिवेशन सम्पन्न
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट महिला सङ्गठन क्रान्तिकारी महिला सङ्गठनको राष्ट्रिय एकता भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्गठनबीचको एकता भेलाबाट सङ्गठनको नाम ‘क्रान्तिकारी महिला सङ्गठन, नेपाल’ तय गरेको छ ।भेलाले अम्बिका मुडभरीको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । उक्त सङ्गठनको सहसंयोजकमा शारदा महत र अञ्जना तामाङ रहेका छन् ।
भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल र सुदर्शनको उपस्थिति थियो । यस्तै पार्टी सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, लालबहादुर बीसी, प्रा.डा.जगदीशचन्द्र भण्डारीलगायत अतिथिका रूपमा उपस्थित थिए ।
अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पार्वती सिंहले गरेकी थिइन् भने स्वागत मन्तव्य अम्बिका रेग्म...