११ श्रावण २०८१, शनिबार

Tag: बिश्वास काे मत

प्रचण्डले पाय १७२  बिश्वासकाे मत

प्रचण्डले पाय १७२ बिश्वासकाे मत

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन्। प्रचण्डलाई विश्वासको मतको पक्षमा १७२ मत परेको हो। मतदानमा उपस्थित २६२ जनामध्ये प्रस्तावको विपक्षमा ८९ मत परेको छ। उता मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन्। उनलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन्। नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो। उनले प्रधानमन्त्री भएपछि संसद्‍बाट दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका क्रममा नेकपा एमालेसहितका सात दलीय गठबन्धनबीच मतैक्यता हुन सकेको थिएन। त्यसपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्...