७ जेष्ठ २०८१, सोमबार

Tag: बिनाेद चाैधरी

विनोद चौधरीको प्रचारमा किन गएको भन्दै भुवन केसीलाई आयोगले सोध्‍यो स्पष्टीकरण

विनोद चौधरीको प्रचारमा किन गएको भन्दै भुवन केसीलाई आयोगले सोध्‍यो स्पष्टीकरण

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
२४ कात्तिक, काठमाडौ  । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरणमा सोधेको छ । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९  को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको हो । ‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’ आयोगले केसीलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘ तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्व...