११ श्रावण २०८१, शनिबार

Tag: बिधुत

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् । ‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभर राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यस कारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ‘ मन्त्री बस्नेतले भने ‘पूर्णरूपमा जिम्मेवार भएर काम गर्...