११ श्रावण २०८१, शनिबार

Tag: बिआरआई

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्न...