११ श्रावण २०८१, शनिबार

Tag: बजार अनुगमन

जाजरकोट खलंगा बजार अनुगमन, ३० हजार बराबरकाे म्याद सकियका अखाद्य बस्तु नष्ट

जाजरकोट खलंगा बजार अनुगमन, ३० हजार बराबरकाे म्याद सकियका अखाद्य बस्तु नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्लाको सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो । मंगलबार सदरमुकामका थाप्ले, नयाँ बस्ती, ठाँटी र न्यूरोड बजारमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख महेन्द्र भडेलले जानकारी दिए । पसलहरु बाट म्याद गुज्रेका खाद्यान्नहरु बरामद गरी नष्ट गरिएको छ । झण्डै ३० हजार बराबरको खाद्यान्न बरामद गरी नष्ट गरिएको प्रमुख भडेलले बताए । ‘पहिलेका भन्दा अहिले बजार सुधार हुदै गएको छ, उनले भने, ‘तर अहिले नवीकरण गर्नेको संख्या कम छ ।’ उद्योग वाणिज्य संघले पनि ताकेता गर्नुपर्नेमा जोड गरे ।...