३१ असार २०८२, मंगलवार

Tag: प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिलद्वारा गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिलद्वारा गम्भीर ध्यानाकर्षण

Breaking News, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउनेलगायत गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले पेसागत आचरणविपरीत यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सम्बद्ध सबैलाई अनु...
२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकार तथा  सञ्चार माध्यमलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो । अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको प...